विमानस्थलको महाप्रबन्धकमा तिवारी, प्रशिक्षण प्रतिष्ठानमा कर्ण

  २०७९ फागुन १९ गते १३:००     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रताप तिवारी र नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको जिम्मा देवचन्द्रलाल कर्णलाई दिईएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखको जिम्मेवारी तिवारीलाई दिएको हो । तिवारी हाल सिभिल एभिएसन एकाडेमीका प्रमुख हुन् ।

एकेडेमीमा जानुअघि त्रिभुवन विमानस्थल कार्यालयको महाप्रबन्धक थिए । विमानस्थ कार्यालयका महाप्रबन्धक प्रेम ठाकुर निलम्बनमा परेसँगै तिवारीलाई महाप्रबन्धक बनाइएको हो ।

यस्तै, एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयका प्रमुख देव चन्द्रलाल कर्णलाई प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिईएको छ । भैरहवा विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी पनि हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । उपमहानिर्देशक पाण्डे हवाइ सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका थिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एकैपटक धेरै कर्मचारीको सरुवा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.