कालोसूचीमा राख्न सिफारिस २७ कम्पनीलाई सोधियो स्पष्टीकरण

  २०८१ वैशाख २७ गते ८:०८     विकासन्युज

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ ।

विभिन्न निकायबाट समयमा काम पूरा नगर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । उक्त समयमा ती कम्पनीले लिखित स्पष्टीकरण पेस नगरेकाले बिहीबार पुनः ७ दिने अर्को सूचना जारी गरेको हो ।

सूचनाअनुसार ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क बमोजिम कारबाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.