यी ४ सहकारीका बचतकर्ताले फिर्ता पाउन थाले पैसा

  २०७९ फागुन १६ गते १८:३१     विकासन्युज

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए ।

समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ११, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका आठ, प्रभु बचत तथा ऋण सहकारी संस्था ‍का दुई र कुबेर बचत तथा ऋण सहकारी संस्थाका तीन जनालाई बचत फिर्ता गरेको हो ।

स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभका बचतकर्ताको सबै बचत यसअघि नै फिर्ता गरिएको समितिले जनाएको छ । सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल कोअपरेटिभ, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था छन् ।

यसैगरी प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था  र सोसाइटल बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । यही व्यवस्थाअनुसार सबै सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.