कृषि सहकारीको समस्या समाधान गर्न अध्ययन

  २०७९ फागुन १५ गते ९:५४     विकासन्युज

काठमाडौं । कृषि क्षेत्रका विज्ञहरूले कृषि सहकारीलाई उद्देश्यअनुरूप सञ्चालनका लागि प्रेरित गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिका विविध अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको तेस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने आठ विभिन्न विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेको हो । गोष्ठीको अन्तिम दिन कृषि सहकारीको समस्या र भूमिहीन किसानको समस्यासम्बन्धी गरी दुई विषयमा प्रारम्भिक छलफल भएको थियो ।

आयोगका लागि प्रिज्म कन्सन्लटेन्सी प्रालिले ‘कृषि सहकारी सञ्चालनमा देखिएका समस्याको पहिचान गरी समाधानका उपायहरू’ बारे विस्तृत अध्ययन गर्दैछ । अध्ययन टोलीका नेता सुमन शेखर मानन्धरका अनुसार सहकारीका सात प्रमुख सिद्धान्तअनुरूप कृषि सहकारी सञ्चालन भए नभएको हेर्नु अध्ययनको मूल उद्देश्य हुनेछ । स्वैच्छिक र खुला सदस्यता, प्रजातान्त्रिक सदस्य नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा प्रशिक्षण र सूचना, सहकारीबीच सहकारिता र समुदायका लागि चिन्ता जस्ता सहकारीका आधारभूत मान्यता हुन् । समस्यामा परेका सहकारीले यिनै मान्यतालाई छोडेको उनले दिए ।

‘कृषि सहकारीबाट किसानले सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो बारम्बार प्राप्त भइरहेकाले त्यहाँ देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे विश्लेषणात्मक सुझाव दिन यो अध्यनन गरिन लागेको हो’, मानन्धरले भने । यसैगरी भूमिहिन किसानको जीविकोपार्जन सुधारका लागि उपयुक्त कृषि विकास कार्यक्रमका बारेमा गरिने अध्ययनले किसानको जीवनस्तरमा सुधार ल्याउन उपयुक्त कृषि कार्यक्रमबारे सुझाउने जानकारी पनि कार्यक्रममा दिइयो

ग्रामीण युवा सरोकार केन्द्रले गर्ने यस्तो अध्ययनले भूमि व्यवस्थापन क्षेत्रमा देखापरेका समस्या, ती समस्याको सामाजिक, आर्थिकलगायत क्षेत्रमा देखापरेका असर र त्यसको उपायको पहिचान हुने अध्ययनकर्ता गोकर्ण अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.