लाभांश बिना नेशनल हाईड्रोपावरको साधारणसभा आह्वान

  २०७९ फागुन ११ गते ७:५९     विकासन्युज

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनीले २६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १० गते बसेको बैठकले चैत ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे वार्षिक साधारसभा बोलाएको हो ।

कम्पनीले लाभांश बिना नै आफ्नो वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.