यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने

  २०७९ फागुन ११ गते ७:४६     विकासन्युज

काठमाडौं । बिहीबार विभिन्न २ लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिभिल लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते अन्तिम दिन हो ।

यी २ लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन १२ गते शुक्रबार र फागुन १३ गते शनिबार परेको हुँदा कारोबार नहुने भएकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ११ औँ बार्षिक साधारणसभा फागुन २९ बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजे बोलाएको छ ।

यस्तै, सबैको लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले छैठौं बार्षिक साधारणसभा फागुन २६ गते मस्र्याङ्दी रिभर रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान १० बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.