आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

  २०७९ फागुन ११ गते ७:१८     विकासन्युज

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँट गरिसकेको छ । बाँकी ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई, १० हजार १७० कित्ता सामूहिक लगानी कोषलाई र १ लाख ६९ हजार ७५५ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । घुवित्तको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मरोेसेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

लघुवित्तलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.