सामुदायिक लघुवित्तले गर्यो २१ प्रतिशत लाभांश प्रस्ताव

  २०७९ फागुन १० गते ११:४२     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार ९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो ।

बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.