दोस्रो बजारभन्दा महँगोमा सेयर बेच्दै नबिल बैंक

  २०७९ फागुन १० गते ७:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले दोस्रो बजारभन्दा महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेप्सेमा पछिल्लो पटक नबिल बैंकको संस्थापक सेयर प्रतिकित्ता ४७४ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बुधबार बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता १ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ ।

बैंकले संस्थापक सेयरधनी तथा कम्पनीको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । बैंकको उक्त सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.