मोलुङ्ग हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  २०७९ फागुन १० गते ७:१०     विकासन्युज

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने आज फागुन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि जारी पूँजीको ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख ५० हजार रुपैयाँको आईपीओ निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन आजसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २७ लाख २८ हजार ५ सय कित्ता सेयर छुट्याएको छ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ । यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.