नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  २०७९ फागुन ९ गते ७:४७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।

यी ३ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बुधबार कारोबार हुनेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३१०.४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ३२६ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, ङादी ग्रुप पावरको ४.५७ प्रतिशत बोनस सेयरमूल्यमा समोायजन भएको हो । नेप्सेले प्रतिकित्ता २६३.४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रतिकित्ता २७६ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, स्वावलम्बन लघुवित्तको १५ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएर प्रतिकित्ता ९८२.६१ रुपैयाँ कायम भएको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.