अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको उपाधि वर्ल्डलिंकलाई, पायो १ लाख नगद पुरस्कार

  २०७९ फागुन ८ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको रजतजयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वर्ल्डलिंक कम्युनिकेसनले जितेको छ ।

गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चलित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्ड लिंक कम्युनिकेसनले एनसेलको टिमलाई ३–२ को गोलअन्तरले हराउँदै विजयी भएको हो । विजेता टिम वर्ल्डलिंकले एक लाख राशीको पुरस्कार जितेको छ । उपविजेता एनसेनले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतियोगिताको तेस्रो उपाधीको लागि भएको खेलमा भने डिस मिडियाले मर्कन्टाइल कम्युनिकेसनलाई २३–४ गोलअन्तरले पराजित गरेको छ । तेस्रो हुने डिस मिडिया नेटवर्कले ४० हजार नगद पुरस्कार पाएको छ । सो अन्तर सेवाप्रदायक फुटसल प्रतियोगितामा १० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सो प्रतियोगितामा वर्ल्डलिंक कम्युनिकेशन प्राली, नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सिजी कम्युनिकेशन लिमिटेड,मर्कन्टाइल कम्युनिकेसन प्राली,एनसेल आजिटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.