२३ अंकले घट्यो नेप्से, सबैभन्दा बढी गुमाउनेमा लघुवित्त

  २०७९ फागुन ८ गते १५:१६     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजार २३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २०४६.८१ विन्दुमा पुगेको छ ।

यसरी सेयर बजार घट्दा सबैभन्दा बढी लघुवित्तहरुको सेयर मूल्य घटेको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा टप १० कम्पनीमा ७ लघुवित्त रहेको छ ।

आज सबैभन्दा बढी कमाउने राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रक्सनका सेयरधनी रहेका छन् ।

नेप्सेको अनुसार आज ६० लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.