जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७९ फागुन ८ गते १०:५१     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त घोषणा फागुन ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २८ प्रतिशत बोनस र ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी २८ करोड ९५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर पारित पश्चात संस्थाको चुक्ता पुँजी ३७ करोड नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.