आजसम्म यी ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पाइने

  २०७९ फागुन ८ गते ७:३०     विकासन्युज

काठमाडौं । सोमबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन हो ।

यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले यी ३ कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/÷७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २२ गते १५ औं वार्षिक साधारण सभा आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बोलाएको छ ।

यस्तै, ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ४.५७ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितररण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन २५ गते नवौं वार्षिक साधारण सभा यूनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।

यस्तै, स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले फागुन १९ गते २१ औं वार्षिक साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजे डोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.