प्रभु क्यापिटलले फागुन १८ गतेदेखि ल्याउँदै प्रभु स्मार्ट फण्ड

  २०७९ फागुन ७ गते ८:५८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाई मध्ये १ करोड २० लाख वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड १२ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत वा ८ लाख इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।

क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.