समीट लघुवित्तको ८५ हजार कित्ता सेयर बिक्रीमा

  २०७९ फागुन ७ गते ८:१७     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यदि ३५ दिनभित्र उक्त संस्थापक सेयरधनीहरुले खरिद नगरे सर्वसाधारण ब्यक्तिका लागि बिक्रीमा राखिनेछ । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.