ब्रोकरलाई एउटा शाखा खोल्न साढे एक करोड चाहिने, पुँजीभन्दा नेटवर्थ बढी हुनुपर्ने

  २०७९ फागुन ५ गते १४:३२     विकासन्युज

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अबदेखि विभिन्न स्थानमा ब्रोकर शाखा खोल्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै उनीहरुलाई शाखा खोल्न बाटो खुला गरेको हो ।

यो निर्देशिका यहि फागुन ४ गतेदेखि लागू भएको छ । जसअनुसार ब्रोकरले शाखा कार्यालय खोल्दा प्रतिशाखा एक करोड ५० लाख रुपैयाँका दरले चुक्ता पुँजी कायम गर्नु पर्नेछ । तर ब्रोकरको मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा कार्यालय खोल्न स्वीकृति नदिइने व्यवस्था छ ।

त्यस्तै, नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ । ब्रोकरले काठमाडौं उपत्यका बाहिर कम्तिमा तीनवटा शाखा खोले पछिमात्र काठमाडौं उपत्यकाभित्र शाखा खोल्न पाउने छन् ।

त्यस्तै, शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ भने चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ ।

बोर्डले दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक रहेको भन्दै ब्रोकरहरुलाई नयाँ शाखा खोल्न पाउने व्यवस्था गरिदिएको हो ।

साथै, यो निर्देशिका अनुसार ब्रोकहरुले खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितोर सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढङ्गले शाखा कार्यालय संचालन गर्न बोर्डको निर्देशन छ ।

यस्तो छ निर्देशिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.