नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता १ हजार ३१४ रुपैयाँ घट्यो

  २०७९ फागुन ५ गते ७:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले महिला लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।

यी २ लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।

महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २ हजार ७६५.४२ रूपैयाँ कायम हुने गरी समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ४ हजार ७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बोनस सेयर समायोजन पश्चात् लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ३१४ रुपैयाँ घटेको हो ।

यस्तै, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ९२१.७४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.