नेप्सेमा २ कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत

  २०७९ फागुन ५ गते ७:४५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन डिष्टिलरी र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको गरी कूल १ करोड ७९ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

हिमालनय डिष्टिलरीको ६० प्रतिशत बोनस सेयर वापत ९१ लाख १० हजार ८७४.९३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साबिकको घोडाघोडि लघुवित्त र युनिक नेपाल लघुवित्त मर्जर पश्चात् बनेको संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको हो । साबिकको घोडीघोडा लघुवित्तको १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्तको कुल ९ लाख ६८ हजार २ सय कित्ता गरि कूल ११ लाख ६ हजार ३२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर युनिक नेपाल लघुवित्तको नाममा सुचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.