२ लघुवित्तको सेयर खरिद गर्दा ५० प्रतिशतसम्म लाभांश पाइने

  २०७९ फागुन ४ गते ९:०१     विकासन्युज

काठमाडौं । बिहीबार २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

महिला लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पाचौँ वार्षिक साधारण सभा फागुन २१ गते धुलिखेल, काभ्रेमा बिहान ११ बजे बोलाएको छ ।

यस्तै, मिथिला लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद गरी कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १४ औँ बार्षिक साधारणसभा फागुन १७ गते धनुषामा बिहान ११ बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.