जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो

  २०७९ माघ १७ गते १९:२५     विकासन्युज

काठमाडौं । जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ । मंगलबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै माग यस्ताे जानकारी दिएकाे हाे ।

जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १।५ प्रतिशत सिलिकन मिश्रित कोटिंगबाट बनाइन्छ । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउने भएकाले अन्तराष्ट्रिय माग बढेको कम्पनीले जनाएको छ।

रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्म उत्पादन गर्दै आएको कम्पनीले दुई दशकभन्दा बढी समयदेखि उत्पादन गर्दै आएको छ । आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु नै प्रमुख प्राथमिकता रहेको कम्पनीले जनाएको छ।

‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्, यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.