जिडब्लुएम गाडीको ‘बाइ ग्रेट, सेभ बीग’ अफर : आकर्षक छुट, बीमा र एक्सचेन्जको सुविधा

  २०७९ माघ १५ गते १६:५६     विकासन्युज

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ ।

यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै प्रकारको गाडीहरुमा मान्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको  र अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाइनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.