रोयल इन्फिल्डले बालकुमारीमा खोल्यो ट्रेनिङ सेन्टर

  २०८१ वैशाख ६ गते १७:३८     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे ।

सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको साथै फ्रिलेन्सर मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्यूनिटी, मोटो भ्लगर लगायतलाई समेत तालिम प्रदान गरिने कम्पनीले जनाएको छ ।

ट्रेनिङ सेन्टर सञ्चालनमा आएसंगै यसले दक्ष जनशक्ति उत्पादन गर्न थप सहज हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.