अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक छन्, यो मेरा लागि चुनौती हो : प्रचण्ड

  २०७९ माघ १२ गते १८:०६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले परिसूचकहरु नराम्रो नभएको अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौतिको विषय भएको बताए ।

‘अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो छैन, यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मेरो लागि चुनौतिको विषय बनेको छ, म अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको छ, सरकारको पहिलो बैठकमा नै मैले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने निर्देशन दिएको छु,’ उनले भने ।

यस्तै, उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.