आइएमई पेबाट आईएमई लाइफको प्रिमियम तिर्दा १ हजारसम्म क्यासब्याक

  २०७९ पुष २० गते ११:५०     विकासन्युज

काठमाडौं । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँँसम्म क्यासब्याक प्राप्त गर्न सकिने भएको हो ।

कार्यक्रममा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।

सम्झौता पश्च्यात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सकिनेछ ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.