एनआईसी एशिया बैंकले १ लाख ६२ हजार कित्ता सेयर बिक्री गर्दै

  २०७९ पुष २० गते ८:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकबाट २ संस्थापक सेयरधनी आफ्नो सेय बिक्री गेर बाहिरिने भएका छन् । बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको स्वामित्वमा रहेको १ लाख १२ हजार ४०७ कित्ता र प्रमिला देवी अग्रवालको स्वामित्वमा रहेको ५० हजार गरी कूल १ लाख ६२ हजा ४०७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरिद गर्नका लागि बैंकका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएको हुँदा के कति सेयर खरिद गर्ने हो, सो को मूल्य समेत तोकि ३५ दिन भित्र निवदेन पेश गर्नुपर्ने छ ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले निवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.