समृद्धि फाइनान्सद्धारा बनेपाका विद्यार्थीलाई न्यानो लुगा वितरण

  २०७९ मंसिर २८ गते १३:५८     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयकाे विधार्थीलाई न्यानो लुगा वितरण गरेकाे हाे ।

यस कार्यक्रम अन्तरगत २६ जना विधार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालय प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.