प्रभु क्यापिटलमा खाता खोल्ने १० जनालाई निःशुल्क डिम्याट सेवा

  २०७९ मंसिर २८ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले अनलाईनबाट प्रभु क्यापिटलमा खाता खोल्न चाहने ग्राहकहरुको लागि हेली राइड अफर ल्याएको छ । पुस १ गतेबाट चैत्र ३० गतेसम्म लागू हुने यस योजनामा ग्राहकले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलकाे अनुसार यस योजना अवधिभर खाता खोल्ने ग्राहकमध्ये १० जनाले आजिवन निःशुल्क डिम्याट खाता सेवा पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुण्ड हेली राइड जित्नेछन् ।

यो योजनामा देश विदेशमा रहने नेपालीहरुले वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलको अनुसार अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफु अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.