बीमा प्राधिकरणको प्रदेश कार्यालय वीरगञ्जमा पनि, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

  २०७९ मंसिर २५ गते १७:२९     विकासन्युज


काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशको वीरगञ्जमा पनि प्रदेश कार्यालय स्थापना गरेको छ । स्थापित उक्त प्रदेश कार्यालयको उद्घाटन मंसिर २६ गते सोमबार हुँदै छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्राधिकरणबाट अध्यक्ष सिलवालसहित कार्यकारी निर्देशक राजुरमण पौडेल लगायत निर्देशक पूजन ढुंगेल (अधिकारी) को टोली वीरगञ्ज प्रस्थान भइसकेको छ ।

प्राधिकरणले यसअघि नै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय खोलेर सञ्चालनमा समेत ल्याइसकेको छ । चालु आवमै थप तीन स्थानमा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउने प्राधिकरणको योजना छ । उक्त योजना अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७९/८० भित्रै विराटनगर, पोखरा र बुटवलमा नयाँ शाखा विस्तार गर्ने छ ।

बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म ‍‌पुर्याउन प्राधिकरणले प्रदेश कार्यालय खोल्ने अभियानलाई निरन्तरता दिँदै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.