‘आगामी प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोगमा छलफल हुन्छ’

  २०७९ मंसिर २१ गते १५:३४     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले आगामी प्रतिनिधिसभामा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा जबराविरुद्धको महाभियोगको प्रस्तावमा छलफल हुने बताएका छन् ।

बिहीबार मन्त्री कार्कीले मन्त्रिपरिषद् बैंठककाे निर्णय सार्वजनिक गर्दै यस्ताे बताएका हुन् ।

‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो ,यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ,’ उनले भने ।

बुधबार जबरालाई भने संसदका महासचिव डा. भरतराज गौतमले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.