चोलेन्द्रलाई छिर्न दिन्नौं भन्दै सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीको धर्ना

  २०७९ मंसिर २१ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् । तर, बारका पदाधिकारीहरुले उनलाई अवरुद्द गर्ने भन्दै धर्ना सुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.