मोवाइल टिप्स : मोवाइलको डाटा चोरिनबाट कसरी बचाउने ?

  २०७९ मंसिर १२ गते १७:२३     विकासन्युज

एजेन्सी । हामीले हरेक दिन मोवाइलबाट डाटा चोरिएको खबर सुनिरहेका छौं । आजकल डाटा धेरै तरिकाले चोर्ने काम भइरहेको हुन्छ । कहिले फेसबुकको डाटा लीक भइरहेका छन् त कहिले कुनै सपिङ साइटको डाटा लीक भइरहेका छन् । यति मात्र होइन तपाईको स्मार्टफोनको निजी डेटा जस्तै फोटो, भिडियो वा कुनै गोप्य फाइल पनि लीक हुन सक्छ।

डाटा लीक भएपछि तपाईको व्यक्तिगत सूचना र इमेल आइडी, पासवर्ड, मोबाइल नम्बर आदि ह्याकर्समा पुग्छ । त्यसपछि तपाईंको डाटालाई ह्याकर्स फोरम जस्ता डार्क वेबमा बेचिन्छ वा यसको मद्दतले व्यक्तिगत ब्ल्याकमेल पनि गर्न सकिन्छ। । यदि तपाइँ पनि एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाइँले तपाइँको डाटा सुरक्षित राख्न केहि महत्त्वपूर्ण कुराहरूको ख्याल राख्नुपर्छ, ताकि तपाइँ भविष्यमा कुनै पनि अप्रिय घटनाबाट बच्न सक्नुहुन्छ।

कसरी चोरी हुनसक्छ डाटा ?
डाटा चोरी हुनु अघि जान्ने प्रयास गरौं कि कुन गल्तीका कारण तपाईको व्यक्तिगत डाटा लीक हुन सक्छ रु प्रायः यो देखिन्छ कि हामीले हाम्रा कुनै पनि व्यक्तिगत फोटो, भिडियो वा फाइलहरू र पासवर्डहरू हाम्रा साथीहरू र आफन्तहरूलाई दिइरहेका हुन्छौं । त्यस्तो अवस्थामा तपाईंको एक वा अर्को व्यक्ति हुँदै ह्याकरसम्म पुग्न सक्छ ।

यदी तपाईंले एप्लिकेसनको वास्तविकता नबुझिकन वा थर्ड पार्टीबाट मोबाइल एप्लिकेसन डाउनलोड गर्नुभयो भने त्यस्तो अवस्थामा ती एप्लिकेसनले तपाईंका डाटाहरु लोड गरेर चोरी गर्न सक्छ । जुन तरिका ह्याकरहरुको लागि सजिलो तरिका हो ।

डाटा चुहावट हुनबाट के उपाय अपनाउने ?
तपाईको स्मार्टफोनबाट डाटा चुहावट हुनबाट जोगाउन सबैभन्दा सजिलो र महत्त्वपूर्ण तरिका तपाईको फोनलाई लक राख्नु हो। यसका साथसाथै फोनमा रहेका एपहरू विशेष गरी ग्यालरी र फाइल म्यानेजरलाई एपलकको मद्दतले सुरक्षित राख्नुहोस्। अचेल सुरक्षाका कारण स्मार्टफोन कम्पनीहरूले पनि प्रि-इन्स्टल एप लकको सुविधा दिन थालेका छन् । यसको मद्दतले तपाईंले मोबाइल एपलाई लक गरेर पनि सुरक्षित गर्न सक्नुहुन्छ।

आफ्नो व्यक्तिगत डाटा कसैसँग साझेदारी नगर्नुहोस्। ह्वाट्सएप, फेसबुक मेसेन्जर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा पनि आफ्नो व्यक्तिगत फोटो र फाइलहरू कसैसँग सेयर नगर्नुहोस्। गैर-प्रामाणिक स्रोतहरूबाट आफ्नो फोनमा कुनै पनि एप डाउनलोड र इन्स्टल नगर्नुहोस्। गुगल प्ले स्टोर, एप्पलको आधिकारिक स्टोर र हुवावेको आधिकारिक स्टोरबाट मात्रै एप इन्स्टल गर्नुहोस्। साथै एप इन्स्टल गर्नु अघि यसको मूल्याङ्कन र समीक्षाहरू पढ्न नबिर्सनुहोस्।

थर्ड पार्टी एपहरू प्रयोग नगर्नुहोस्। यी एपहरूमा स्पाइवेयर र मालवेयर हुने गर्छन्, जसले तपाईंको फोन स्क्यान गरिरहन्छ र पृष्ठभूमिमा तपाईंको व्यक्तिगत जानकारी ह्याकरहरूलाई हस्तान्तरण गर्ने काम गर्दछ। फोनमा आवश्यक एप मात्र इन्स्टल गर्ने प्रयास गर्नुहोस् र शंका लागेमा तुरुन्तै एप हटाउनुहोस्। फोनबाट कुनै पनि अपरिचित लिंकमा क्लिक नगर्नुहोस्। ह्याकरहरू वा स्क्यामरहरूले प्रायः इमेल वा एसएमएस मार्फत मालवेयरले भरिएको लिङ्कहरू पठाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.