मर्जर प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्स

  २०७९ मंसिर ९ गते ७:२३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीको विशेष साधारण सभा आज मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मर्जर प्रक्रियामा रहेका भएकाले साउन २ गतेदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । त्यसैले साउन २ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले सहभागी हुन पाउनेछन् ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच गत असार ३२ गते १००ः७० को अनुपातले मर्जर सम्झौता भएको थियो । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता प्राप्त गर्नेछन् । मर्जरपछि अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठरहेनछन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.