नेपाल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

  २०७९ मंसिर ८ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित १५.७८९५ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको २२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्त्तिक १८ गतेका लागि बुक क्लोज गरेको थियो । यससँगै कार्त्तिक १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सो मात्राको नगद लाभांश पाउने छन् ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.