नेपाल लाईफको १५.७९ प्रतिशत लाभांश आज पारित हुँदै

  २०७९ मंसिर ८ गते ७:०६     विकासन्युज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको २२ औँ वार्षिक साधारण सभा आज मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजे सुरु हुनेछ । इन्स्योरेन्स कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको थिया ।

इन्योरेन्स कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले लाभांश तथा सभा प्रयोजनार्थ कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.