आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

  २०७९ मंसिर ६ गते १२:४९     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बोनस र ५८ लाख २१ हजार ४३९ रुपैयाँ नगद गरी कूल ११ करोड ६४ लाख २८ हजार ७८१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.