मन्त्री अथकले गरे मतदान

  २०७९ मंसिर ४ गते ८:४०     विकासन्युज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन् ।

मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.