प्रतिकित्ता १ सयमा समृद्धि फाइनान्सको साढे ७ लाख सेयर बिक्रीमा

  २०७९ मंसिर १ गते ८:३२     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले आज मंसिर १ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सको संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

फाइनान्सले पहिलोपटक २०७८ चैत्र २९ देखि बैशाख ७ सम्म र दोस्रो पटक गत असार १ देखि असार ९ सम्म लिलाम बढाबढ गरी बिक्री गर्दा पूर्ण आवेदन नपरेकाले पुनः तेस्रो पटक मंसिर १ गतेदखि मंसिर १५ गतेसम्म बिक्री गरेको हो ।

लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँलाई आधार मानि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर बक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.