ऋद्धि सिद्धि सहकारीको ऋण चुक्ता नगरे जग्गा लिलाम गर्ने चेतावनी

  २०७९ मंसिर १ गते ८:२३     विकासन्युज

काठमाडौं । ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाबाट विभिन्न ऋणीहरुले लिएको कर्जा चुक्ता नगर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्ने भएको छ । सहकारीले ३५ दिन, १५ दिन र ७ दिन अवधिमा छुट्टाछुट्टै तीन वटा सूचना प्रकाशन गरी ऋण चुक्ता नगरे धितो लिलाम गर्ने बताएको हो ।

सहकारीले नुवाकोट मुकुन्द भण्डारी र मिना भण्डारीलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न ताकेता गरेको छ । यस्तै, सहकारीले जयश्री महर्जन, दिपक बस्नेत र राम सुन्दर बोहोरालाई ७ दिनभित्र ऋण चुक्ता गर्ने ताकेता गरेको हो । यस्तै, सौगात केसी र मुरारी केसीलाई ७ दिनभित्र ऋण चुक्ता गर्न भनेको हो ।

यदि तोकिएको अवधिभित्र ऋण चुक्ता नगरेमा लिलाम प्रक्रियाका लागी सहकारी संस्थाका नाममा धितो सुरक्षण राखिएको जग्गा सहकारी ऐन २०४८ र नियमावली २०४९ मा भएको व्यवस्था बमोजिम लिलाम गरी लेना रकम असुल उपर गरिने सहकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.