नाफामा १७ इन्स्योरेन्स : ‘नम्बर वान’ बनेको ज्योतिलाई पछ्याउँदै सूर्या, नेपाल लाइफले मार्यो छलाङ

  २०७९ कार्तिक ३० गते १७:४०     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका १७ कम्पनीले कूल १ करोड ६४ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थान र सानिमा लाइफ इन्स्योरेन्स बाहेक १७ कम्पनीले तीन महिनामै सो मात्राको नाफा कमाएका हुन् ।

उक्त नाफा गत वर्षको तुलनामा ६०.८७ प्रतिशतले बढी हो । यी १७ कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ करोड २ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका थिए ।

१७ कम्पनीमध्ये अधिकांश कम्पनीको नाफा बढेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, प्राइम लाइफ र युनियन लाइफबाहेक अन्य कम्पनीको नाफा गत आवको तुलनामा बढेको हो ।

नाफा बढाउनेमध्ये ज्योति लाइफ इन्स्योरेन्सले सर्वाधिक नाफा कमाएको छ । कम्पनीले गत साउनदेखि असोजसम्ममा २१ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १३३.४१ प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड २२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

त्यस्तै, नाफामा ज्योति लाइफलाई टक्कर दिँदै सूर्या लाइफ इन्स्योरेन्स अगाडि बढेको छ । समीक्षा अवधिमा कम्पनीले २० करोड ७३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८२.६४ प्रतिशतले बढी हो ।

यता प्रतिशतको आधारमा नेपाल लाइफले नाफामा छलाङ मारेको छ । कम्पनीले एक वर्षको अवधिमा २४१० प्रतिशतले नाफा वृद्धि गरी १७ करोड ५७ लाख पुर्याएको छ । जुन गत आवमा ७० लाख रुपैयाँ थियो ।

त्यस्तै, १० करोडभन्दा बढी नाफा कमाउनेको सूचीमा यी तीन कम्पनीसहित अन्य ५ कम्पनी रहेका छन् । जसमा सन नेपाल लाइफ, रिलायन्स लाइफ, नेशनल लाइफ, एशियन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । यी सबैले गत आवको तुलनामा यो वर्ष दोहोरो डिजिटमा नाफा कमाएका छन् ।

यता अन्य ८ कम्पनी जसले १० करोड रुपैयाँभन्दा कम नाफा आर्जन गरेका छन् । जसमा मेट लाइफ, सिटिजन, आईएमई, गुराँस, प्रभु, महालक्ष्मी र युनियन लाइफ रहेका छन् ।

यीमध्ये प्राइम लाइफको नाफा ५७.१४ प्रतिशतले र युनियन लाइफको नाफा १९.१९ प्रतिशतले घटेको छ ।

१७ कम्पनीमध्ये एक कम्पनी अर्थात लाइफ इन्स्योरेन्स कर्पोरेसन भने नोक्सानमा रहेको छ । गत वर्ष असोजसम्ममा ३ करोड १९ लाख रुपैयाँ नाफामा रहेको कम्पनीले चालु आवमा ५९ लाख रुपैयाँ नोक्सानमा छ । जुन गत आवको तुलनामा ११८.५० प्रतिशतले घटी हो ।

कुनले कति कमाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.