शिखरको प्रगति : खुद बीमा शुल्कमा उछाल, स्थिर सम्पत्ति १९ प्रतिशत बढ्दा दीर्घकाल कर्जा १.१७ अर्ब

  २०७९ कार्तिक ३० गते १२:४९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ०.८९ प्रतिशत १३ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क २ प्रतिशत बढेर १ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको २० प्रतिशत बढेर १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर २ अर्ब २८ करोड रुपैयाँ, जगेडा कोष १८.६५ प्रतिशत बढेर ७५ करोड ७१ लाख रुपैयाँ, बीमा कोष ८.५९ प्रतिशत बढेर १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र महाविपत्ती कोष १३ करोड ८ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार खुद स्थिर सम्पत्ति १९.३९ प्रतिशत बढेर २५ करोड ४९ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद स्थिर सम्पत्ति २१ करोड ३५ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा १ अर्ब १७ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ दीर्घकालिन लगानी तथा कर्जा गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ ।
कम्पनीले तीन महिनामा ८३ लाख ९६ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ भने ब्यवस्थापन खर्चमा १० करोड २६ लाख रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी १६ करोड ४३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानी ७ करोड ५३ लाख रुपैयाँ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.