लुम्बिनी जनरल इन्स्योरेन्सले गर्याे उत्साहजनक प्रगति, कुन सूचक कस्ता छन् ?

  २०७९ कार्तिक ३० गते ८:४४     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २८.१३ प्रतिशत बढेर ५ करोड ५१ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मा कम्पनीको खुद बीमा शुल्क ८३.११ प्रतिशत बढेर ३६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क ५० करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ, जगेडा कोष १९ करोड ४३ लाख रुपैयाँ, बीमा कोष ८१ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोष ७ करोड ९ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म कम्पनीले १३ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.७४ गुणा रहेको छ ।

कम्पनीले ७५ लाख रुपैयाँ अभिकर्ता कमिसन दिएको छ भने ५ करोड ८९ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ पुनर्बीमा कमिसन र १ करोड ५० लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.