राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ३ अर्ब बढी, नाफा १९ प्रतिशत बढ्यो

  २०७९ कार्तिक ७ गते ८:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९ प्रतिशत बढेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड ३८ लाख रुपैयाँ, खुद फि कमिसन आम्दानी १४ करोड ७३ लाख रुपैयाँ, कुल संचालन आम्दानी ३ अर्ब ४५ करोड ६ लाख रुपैयाँ, संचालन मुनाफा १ अर्ब ७७ करोड ८३ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ३ अर्ब १७ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपैयाँ, जगेडा कोष १६ अर्ब ६२ करोड रुपैयाँ, निक्षेप २ अर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ र कर्जा २ खर्ब १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.