असोजको पहिलो सातामा निक्षेप र कर्जा दुबै बढ्यो, सीडी रेसियो कति ?

  २०७९ असोज ११ गते १२:४९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढेको छ । नेपाल बैंकर्स संघको अनुसार असोजको पहिलो सातामा बैंकहरुको निक्षेप २६ अर्ब र कर्जा ४ अर्बले बढेको हो ।

असोज ७ गतेसम्ममा बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन भदौको अन्तिम सातामा ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले भदौको अन्तिम सातामा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

हाल बैंकहरुको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८७.२१ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.