क्रिप्टोकरेन्सी जोखिममा, बिटक्वाइनको मूल्य २० हजार डलरभन्दा तल झर्यो

  २०७९ असोज ३ गते २३:०१     विकासन्युज

एजेन्सी । सोमबार मात्रै क्रिप्टोकरेन्सीको कारोबार प्रति बिटक्वाइन कारोबार १९ हजार डलर भन्दा तल झरेर कारोबार भयो । दिनको पछिल्लो समयमा मात्रै थोरै सुधार भएको छ । संसारभर बैंकिङ क्षेत्रमा भएको ब्याजदर वृद्धिको कारणले लगानीकर्ताहरुले क्षेत्र परिवर्तन गरेको कारण यस्तो अवस्था आएको हुनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।

पछिल्लो ३ महिनामध्ये सोमबार बिट्क्वाइनको मूल्य सबैभन्दा न्यून मूल्य १८ हजार ३ सय १३ डलरमा कारोबार भयो । त्यस्तै दोस्रो ठुलो मूल्य रहेको इथरको मूल्य घटेर सोमबार १ हजार २ ८५ दशमलब ०३ अमेरिकी डलरमा कारोबार भयो । पछिल्लो हप्तामा मात्रै इथरियम ब्लकचेनले आफू्रलाई अपग्रेड गरेर न्यून उर्जा खपत गर्ने तरिका अवलम्बन गरेको छ । नयाँ प्रविधीको अनुसरणसँगै इथरको मूल्य बढ्ने अनुमान धेरैले गरेका थिए तर त्यसो हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.