अफगानिस्तानमा फेरि पनि टिकटक बन्द

  २०७९ असोज ३ गते १३:४३     विकासन्युज

काबुल ।अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ । प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिवन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको थियो । तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने, ‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाईट बन्द गरेका छौँ, एउटा बन्द ग¥यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’ (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.