‘रेमिट्यान्सबाट देश चलाएर सरकार ढाड थाप्न थाल्यो, चोरी पैठारीमा तत्काल कडाइ गरौं’

  २०७९ भदौ २९ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार रेमिट्यान्समै निर्भर भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममा बोल्दै उनले सरकारले वस्तु उत्पादन र उपभोगमा ध्यान नदिएर रेमिट्यान्समै निर्भर भएर ढाड थाप्न थालेको बताएका हुन् ।

सरकारले लाखौं युवाहरुलाई विदेश पठाएर उनीहरुले पठाएको रेमिट्यान्समा सरकार व्यस्त रहेको उनको धारणा छ । उनले रेमिट्यान्सबाट भान्सा चलाउने र सरकार ढाड थाप्न लागेको बताए ।

‘पछिल्लो समय विदेशी मुद्रामा ठूलो चाप आएको छ, सरकार युवाहरुलाई विदेश पठाएर उनीहरुको रेमिट्यान्सबाट भान्सा चलाउन लाग्यो, आफु ढाड थापेर बस्न लाग्यो, अब यस्तो गरर भएन उत्पादन र उपभोगमा ध्यान दिन आवश्यक छ,’ उनले कार्यक्रममा भने ।

यस्तै, उनले हरेक संकटले अवसर ल्याउने बताउँदै प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रमले एउटा महत्वपूर्ण सहयोग गर्न सक्ने विश्वास व्यक्त गरे ।

यस्तै उनले अहिले हरेक वस्तु चोरी पैठारी बढेको बताउँदै तत्काल चोरी पैठारी बन्द गरेर न्यून बिजकिकरण गर्नु पर्ने बताए ।

यस्तै, उनले नेपाली वस्तुको उत्पादन बढाउन र उपभोग विस्तार गर्नका भाटभटेनी जस्ता स्टोरमा २० प्रतिशत स्पेस नेपाली उत्पादनका लागि छुट्याउनु पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.