‘दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्छ’

  २०७९ भदौ २३ गते १९:०९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

उनले पूर्वाधार विकासमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने भएपनि अहिले ३ प्रतिशत मात्रै भएको बताए । अध्यक्ष अग्रवालले मुलुकमा तीव्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताए ।

उनले चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा कम पुँजीगत खर्च हुने अनुमान गरिएको बताए ।यस्तै, अध्यक्ष अग्रवाल वैदेशिक लगानी बढाउनको लागि केही नीतिगत सुधार र विश्व बजारसँग जोडिने वित्तीय उपकरणहरु व्यवस्था गर्नुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.