सेयर बजारमा निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब बढी लगानी, कसले कति बढाए ?

  २०७९ भदौ १२ गते १८:२१     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीले एक वर्षमा २ अर्ब ६२ करोड रुपैयाँ सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । बीमा समितिका अनुसार २० वटा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा सो मात्राको लगानी गरेका हुन् ।

जुन अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा औषतमा ८.८१ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका थिए ।

१९ कम्पनीमध्ये १२ कम्पनीले सेयर लगानी बढाएका छन् भने ५ कम्पनीले सेयर लगानी घटाएका छन् । त्यस्तै, बाँकी रहेका तीन कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको स्थिर छ भने अन्य दुईको शून्य लगानी छ ।

सेयर लगानी बढाउने कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स बढी आक्रामक देखिएको छ । इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा गत वर्षमा ४३४.१४ प्रतिशतले सेयरमा लगानी बढाएको हो । अघिल्लो आवमा २ करोड ८८ लाख रुपैयाँ बराबरको लगानी गरेको कम्पनीले गत आवमा १५ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।

त्यस्तै, रकमको आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो वर्षझै गत वर्षमा पनि बराबर अर्थात ८५ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।

त्यस्तै, अघिल्लो वर्ष शून्य लगानी गरेको एभरेष्ट इन्स्योरेन्सले गत आवमा ६ करोड २६ लाख रुपैयाँ बराबरको लगानी सूचीकृत कम्पनीको सेयरमा गरेको छ ।

सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । सोहि अनुरुप नै कम्पनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् ।

कसले बढाए ? कसले घटाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.